Tap To Call

MEDIA/ NEWS ROOM

काठमाडौ । देशका राजनीतिक दलहरूमा असहमति र विभाजनको क्रम जारी रहे पनि नेपालका विद्यालयहरूमा समायोजन र एकताका केही उदाहरण देखिएका छन् । सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत विद्यार्थी कम भएका सामुदायिक विद्यालयबीच समायोजनको योजना कार्यान्वयन गर्न थालेपछि अहिले सरकारी (सामुदायिक) र निजी (संस्थागत) विद्यालयबीचको समायोजन पनि प्रारम्भ भएको छ। शैक्षिक गुणस्तरका दृष्टिले सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल बढिरहेका बेला पछिल्लो समयमा सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत कतिपय ठाउँमा दुवै विद्यालयलाई समायोजन (मर्ज) गरी नयाँ प्रयोग कार्यान्वयनमा ल्याइएको छ । कतिपय जिल्लामा नक्साङ्कन नगरी जथाभावी विद्यालय सञ्चालनको अनुमति दिँइदा दुवैतर्फका विद्यालयमा विद्यार्थी कम हुने, अस्वस्थ्य प्रतिपस्र्धा र व्यापारीकरण बढ्ने विकृति पनि देखा परिरहेको छ । यस्तो विकृति रोकी उदाहरणीय नमूना प्रदर्शन गर्न ललितपुर जिल्लाको बडिखेल गाविसमा सञ्चालनरत सामुदायिक विद्यालय पथप्रदर्शक प्रस्तावित माध्यामिक विद्यालय र गुडनेवर्स एकेडमीबीच बिहीबार यस्तै एक सम्झौतामा हस्ताक्षर भयो । बडिखेलको एक मात्र सो पथप्रदर्शक माविमा हाल १६७ जना विद्यार्थी थिए भने निजी विद्यालयबाट २६७ थप भएका छन् । समायोजन पत्रमा सामुदायिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरीशङ्कर पहरी तथा संस्थागत विद्यालयका तर्फबाट संस्थापक अध्यक्ष विमलसिंह विष्टले हस्ताक्षर गर्नुभयो ।

विद्यमान कानुनमा यो व्यवस्था नभए पनि सहमतिपछि शिक्षा विभागले स्वीकृति दिएपछि कानुनीरूपमा सो विद्यालय सामुदायिक (सरकारी) कै विस्तारित रूपमा रहनेछ । कोरियाली व्यक्तिहरूको सहयागमा सञ्चालित गुडनेवर्स नेपाल नामक संस्थाले सहकार्यको यो नयाँ प्रयोगको व्यवस्थापन गरेको हो । संस्थाले केही समयमा लागि विद्यालयमा शिक्षक सहयोग र व्यवस्थापनलाई निरीक्षण गर्ने जानकारी दिँदै गुडनेवर्स नेपालका प्रशासकीय अधिकृति डिल्ली डोटेलले समुदायकै मागअनुसार समायोजन गरिएको बताउनुभयो । कार्यक्रममा शिक्षा विभागका निर्देशक कमल पोखरेलले विभित्र जिल्लामा विद्यार्थी नपुगी विद्यालय समायोजन गर्नुपर्ने बाध्यत्मक अवस्था भएको परिवेशमा बडिखेलमा यी दुई विद्यालयबीच भएको समायोजनको विशुद्घ नयाँ प्रयोगबाट नेपालभरका विद्यालयहरूले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । ललितपुरका जिल्ला शिक्षा अधिकारीले बडिखेल समुदायलाई शिक्षा विकासमा फड्को मार्न शुभकामना दिँदै ललितपुर जिल्ला विद्यालय समायोजनको नौलो अभ्यास गर्ने नेपालको पहिलो जिल्ला भएको बताउनुभयो । गुड नेवर्स इन्टरनेसनलका देशीय निर्देशक सङ हुन कोले शिक्षाको विकास गर्न समुदाय आफँै उत्तरदायी हुनुपर्ने भन्दै बडिखेलमा शिक्षा विकासमा संस्थाले पनि सहयोग गर्ने प्रतिबद्घता जनाउनुभयो । प्रकाश सिलवाल

From Media मुगुको विकासको लागि ‘सुनकली’को प्रदर्शन गरिने




© Copyright 2016 Good Neighbors Nepal | All Rights Reserved.Designed By: